सोसल मिडियामा ओबामापछि मोदीका फलोअर्स धेरै, कति छन् ?

काठमाडौं । राजनीतिज्ञहरु मध्ये सबै सामाजिक सञ्जालमा गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सोशल मिडियामा बाराक ओबामा पछि संसारकै धेरै फलोअर्स छन् । फलोअर्सहरु मात्र भारतका नभएर सारा विश्व भरि बाटै उनका फलोअर्स छन् ।

मोदीको लोकप्रियता उनका फलोअर्सहरुबाट पनि स्पष्ट हुन्छ । फेसबुकका सिइओ मार्क जुकरवर्गले कम्पनीको हेडक्वाटर टाउन हल मिटिङमा मोदीलाई बोलाएर भेट सन् २०१५ मा क्यालिफोर्नियामा भेट गरेका थिए ।

जुकरवर्गले मोदीलाई भेटेपछि आफ्नो प्रोफाइल फोटो नै चेन्ज गरेका थिए । सोमवार राती उनले सोशल मिडिया छोड्ने संकेत दिएका थिए तर मंगलवार दिउँसो उनले सोशल मिडिया नछोड्ने भन्दै नारी दिवसको दिन महिलाहरुलाई चलाउन दिने बताएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरमा ५.३३ करोड फलोअर्स रहेका छन् ।

त्यस्तै फेसबुकमा ४.४६ करोड र इन्स्टाग्राममा ३.५२ करोड फलोअर्सहरु रहेका छन् भने युट्युबमा उनका ४५ लाख फलोअर्सहरु रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?