महानायक अमिताभ बच्चन प्रत्येक वर्ष किन जान्छन् यो मन्दिरमा ?

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चन हनुमान भक्त हुन् । उनी हरेक वर्ष भारतको प्रयागस्थित कोतवाल भनिने संगम तटमा रहेको श्रीराम भक्त हनुमानको मन्दिरमा गएर उपस्थिति जनाउने गर्दछन् ।

उनलाई हनुमानजीको गहिरो आस्था रहेको भारतीय सञ्चारमाध्यम वेबदुनियाँमा खबर प्रकाशित छ । उनी हरेक वर्ष त्यहाँ जाने गएर हनुमान जीको पूजा अर्चना गर्ने गर्दछन् ।

उक्त मन्दिरसँग उनको सानै बेला देखिको नाता रहेको छ । उनका पिता डा. हरिवंश राय बच्चनको साथमा उनी त्यो मन्दिरमा प्रत्येक शनिवार र मंगलवार जाने गर्दथे ।

उनको साथमा उनका भाई अजिताभ पनि मन्दिर जाने गर्दथे । सन् १९८२ मा कुल्ी फिल्ममा जब उनी घाइते भए तब उनको स्वास्थ्य अवस्था नाजुक भएको थियो ।

त्यसबेला पनि उनी पितासँग पूजा पाठका लागि मन्दिर पुगेका थिए ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?