नेपालका नेताहरूको यस्तै दुर्वुद्धि हो भने नेपाल पनि सिरियाको बर्वादी खेप्ने अवस्थातिर जाकिँदैछ भनी विश्लेषकहरूले ठहर गर्नथालेको वर्तमान अवस्थामा सिरियाबाट नेपालीले पाठ सिक्नुपर्ने आवश्यकता बढ्नथालेको छ । बीआरआई र एम्सीसीको रडाँकोले यस्तै गन्ध दिइरहेको छ । दुईतिहाई बहुमतको सरकार पनि अकर्मण्य, अस्थिर, दूरदृष्टिबिहिन र लक्षच्यूत भयो भने विदेशी चलखेल र हस्तक्षेप स्वतः बढ्छ भन्ने ज्वलन्त उदाहरण नेपाल आफैँ भईरहेको छ ।
के हो सिरिया संकट ?
अतिवाद र युद्धले बिखण्डन वा तहसनहस स्थितिमा थला पारेका विश्वका प्रमुख मुलुक– पश्चिम एशियाको सिरियासहित अफगानिस्तान, ईराक र अफ्रिकाको सुडान हुन् । २०११ को मार्चदेखि भड्किएको सिरियाको गृहयुद्धमा आधिकारिक अनुमानमा ४ लाख मानिसको ज्यान गईसकेको छ भने करिब २ लाख हराईरहेको आँकडा छ । हराएकाहरू मरेसरह मान्नु अत्युक्ति हुँदैन । १ करोड मानिसहरू विस्थापित भएका छन् । १ करोड ५० लाख मानिस मानवीय सहायता अत्यन्त जरुरत रहेको अवस्थामा फसेका छन् । ६० लाख सिरियालीहरू भागाभागको अवस्थामा ज्यान जोगाउन छिमेकी मुलुकहरू टर्की, लेबानन, जोर्डन, इजिप्ट र इराक पुगेका छन् भने ६६ लाख मानिस आन्तरिक विस्थापितका रुपमा घरबारबिहिन भएका छन् ।
सन् २००७ देखि २०१० सम्मको अभुतपूर्व लामो खडेरी, खाद्यान्न उत्पादनमा संकटजन्य ह्रास, अचाक्ली मूल्यबृद्धि, किसानहरूको सहरतिर बसाई पलायन, युवाहरूमा बेरोजगारी उच्चजस्ता समस्याबाट असदको सत्ताविरोधी जनआक्रोश बढेर आएको हो । प्रजातान्त्रिक सुधारको माग राख्दै १५ मार्च २०११ मा राजधानी दमास्कसमा निस्केको जुलुसमाथि दमनचक्र चलाउने हुँदा त्यसको परिणति आजको सिरियामा देखिएको हो । त्यसअघिसम्म प्रजातान्त्रिक सुधार, राजबन्दीहरूको रिहाई, स्वतन्त्रतालाई ब्यापक बनाइनुपर्ने, इमर्जेन्सी कानुनहरूको खारेजी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने माग राखी शान्तिपूर्ण आन्दोलन हुँदैआएका थिए ।
इजरायल र सिरियाका बीच एक नम्बरको दुश्मनी छ भारत र पाकिस्तानको जस्तै । सिरिया ऐतिहासिक एवं सांस्कृतिक राष्ट्र हो । चीनसँगको ब्यापारको प्राचीन रेशममार्गसँग यसका अलेप्पोजस्ता पुराना शहर जोडिएका थिए । सिरियाली महिलाहरू अन्य मुसलमान राष्ट्रका महिलाभन्दा शिक्षित, सुसंस्कृत, कुशल गृहिणी र आधुनिकता जानेका शालिन मुसलमान महिला मानिने हुँदा अरब मुलुकका पुगिसरी आएका सबैजसो पुरुष सिरियाली महिलासँग बिहे गर्न रुचाउँछन् ।
८७ प्रतिशत इस्लाम, १० प्रतिशत क्रिश्चियन, ३ प्रतिशत ड्रुईज्म् सम्प्रदायका मानिस बस्ने, २०१४ को जनगणनाअनुसार करिब १ करोड ७० लाख जनसंख्या भएको, पश्चिम एशियाको ऐतिहासिक, सांस्कृतिक रुपमा पनि अग्रणी, सभ्य समाज र उदारमना मानिसको बसोबास भएको सिरियाको गृहयुद्धमा धेरैवटा गुटहरु सक्रिय भइरहेका छन् । सत्तामा सुन्नी मुसलमानहरुको गठबन्धन छ । सिरियन डेमोक्रेटिक फोर्सेस, अल नुस्रा मोर्चा सहितको सलाफी जेहादीहरु जसले सुन्नी विद्रोहीहरुलाई समर्थन गर्छन् । सबभन्दा खतरनाक गुट इस्लामिक स्टेट अफ इराक एन्ड द लेभान्ट (क्ष्क्क्ष्ी) हो, जसलाई अमेरिकाको दुरुत्साहक (ब्नभलत उचयखयअबतभगच) का रुपमा पनि चिनिन्छ । भारतका मुसलमान युवासमेत सिरियाली गृहयुद्धमा लड्न पुगेको तथ्य फेला परेको थियो ।
विदेशी चलखेल :
कुनै पनि स्वाधीन मलुकको आन्तरिक संकट वा गृहयुद्धमा विदेशी चलखेल बढ्नुको अर्थ हुन्छ उनीहरूको राष्ट्रिय स्वार्थ । सिरियाको अवस्था नेपालका लागि समेत गतिलो पाठ हुने हुँदा यसलाई नेपालीहरूले पनि बुझिराख्नु उचित हुन्छ । सिरियाली संकटका विदेशी खेलाडीहरूमा ईरान, रसिया, अमेरिका, सउदी अरब, टर्की, ईजरायल, जर्मनी, फ्रान्स मूख्य हस्ती हुन् । यो गृहयुद्धले गर्दा कयौँ युरोपेली मुलुकको राजनीतिक परिदृश्य नै बदलियो । जस्तै : बेलायत युरोपेली युनियनबाट अलग हुनुपर्ने जनमतको मूल कारण सिरियाली शरणार्थी आपूmले पनि पाल्नुपर्ला भन्ने बेलायती जनतामा व्याप्त चिन्ताको परिणति हो । जर्मनीको आन्तरिक राजनीति पनि सिरिया काण्डले प्रभावित छ ।
अमेरिका : अमेरिकाले नेटो र अन्य मुलुकहरूका साथ २०१४ देखि नै २ हजारको संख्यामा विशेष सैनिक शक्ति सिरियन् डेमोमक्रेटिक फोर्स (एस्डीएफ् SDF) को पक्षमा परिचालन गरेर आईएस् बिरुद्ध सिरियामा हवाई आक्रमण चर्काएको छ । आईएस बाहेकका सिरियाली कुर्दिस असद विरोधी विद्रोही शक्तिलाई उसले हातहतियार तथा हवाई संरक्षण दिँदैआएको छ । कुर्द र अरब लडाकुसहितको ताकतबाट अमेरिकाले सिरियाको २५ प्रतिशत क्षेत्र नियन्त्रणमा लिईसकेको छ । अमेरिकाको सबभन्दा ठूलो प्रयास आईएस् र सिरियाका अन्य विद्रोही जत्थालाई तहसनहस पार्नु हो । यसमा उसले सफलता मिलेको दाबी पनि गरेको छ । सिरियाबाट इरान हटोस् भन्ने अमेरिका चाहन्छ, तर राष्ट्रपति असदको बारेमा भने अमेरिकी दृष्टिकोण गोलमटोल नै पाईन्छ ।
ईरान : तेहरान राष्ट्रपति असदको सबभन्दा ठूलो सहयोगी हो । सिरियाली गृहयुद्धकै समयमा दुईपक्षीय प्रतिरक्षा सन्धी भएको थियो । नगद, हातहतियार, जासुस संयन्त्र र सैनिक सल्लाहकाद्वारा इरानले वर्तमान सिरियाली सत्तालाई टिकाईरहेको छ । लेबाननमा भएको इजरायल विरोधी महत्वपूर्ण क्षेत्रीय लडाकु शक्ति ‘हेज्बोल्लाह विद्रोही’ ग्रुपमार्फत पनि उसले सिरियाली सत्तालाई सहायता पु-याईरहेको छ । ईरानले सिरियामा अनेकौँ सामरिक आधार खडा गरिरहेको छ ।
रसिया : सन् २०१५ देखि राष्ट्रपति असदको शासनको पक्षमा रसिया पनि सक्रिय रहेको छ । उसले हवाई आक्रमण तथा सैन्य उपस्थितिका साथ सहयोग पु¥याईरहेको छ । ईस्लामिक स्टेट (आईएस्) का विरुद्ध आफ्नो आक्रमण लक्षित रहेको सोभियत अधिकारीहरू बताउँछन् । तर रसियाली बमवर्षक बिमानले आईएस्लाई हान्ने नाममा सिरियाली सत्ताविरुद्धका अमेरिका समर्थित एस्डीएफ्जस्ता विद्रोहीहरूमाथि पनि बम वर्षाईरहेका छन् । रुसको राष्ट्रिय चासो मध्यपूर्वमा आफ्नो प्रभाव कायम गरिरहने, टार्टस बन्दरगाहमा आफ्नो नौसैनिक अखडा र लाताकियाको पश्चिम सिरियाली प्रदेशमा आफ्नो हवाई अखडा कायम राखिरहने हो ।
साउदी अरब : सिरियाका विपक्षी ‘इस्लामी सेना’ जस्ता विद्रोही लडाकुहरूलाई नगद र हातहतियार दिनुका साथै आईएस्का बिरुद्ध अमेरिकाले चलाएको आक्रमणमा केही मात्रामा संलग्नता पनि राखेको छ । सुन्नी सम्प्रदाय बहुल मुलुक साउदी अरबले सिरिया बिरुद्धको पक्षमा सक्रिय हुनुको कारण ईरानको प्रभाव विस्तारलाई नियन्त्रण गर्नु हो । सिरियामा सउदी अरब असद र इरानविरोधी सउदीपरस्त सरकार गठन होस् भन्ने चाहन्छ ।
टर्की : सन् २००० को मध्यसम्म पनि टर्की र सिरियाबीच सम्बन्ध सुमधुर नै थियो । तर उसले असदको शासन अन्त्य गर्ने बाटो लियो । गृहयुद्ध शुरू भएपछि टर्कीले सिरियाका गैरकुर्द विद्रोही समुहलाई सहयोग गर्नथाल्यो । उसले जिहादी सेनालगायत विरोधी लडाकुहरूलाई सिरियाभित्र पस्ने बाटो दियो । यसबीचमा टर्कीको सेनाले उत्तरी सिरियामा कुर्दबिरुद्ध दुईपटक हवाई आक्रमण गरिसक्यो । तीन दशकदेखि टर्कीबिरूद्ध लडिरहेका सिरियाली कुर्दहरूलाई कुर्दिस्तान वर्कसर्् पार्टी (पीकेके) को सशक्तीकरण र उत्तरी सिरियामा कुर्द स्वायत्तता लिन सफलता नमिलोस् भन्ने टर्कीको चाहना हो । यद्यपि कुर्दहरूलाई अमेरिकी समर्थन प्राप्त छ, तर टर्की भने पीकेके र सिरियाली कुर्द विद्रोहीहरूलाई आतंककारी जत्था परिभाषित गर्दछ । टर्कीमा भएका ३० लाख सिरियाली शरणार्थी अब नथपिउन् र उत्तरी सिरियामा उनीहरूको बसोबास मिलाउनुपर्छ भन्ने टर्कीको चासो छ ।
ईजरायल : लेबाननी शिया मिलिसिया ‘हेज्बुल्लाह’ बिरुद्ध र सिरियास्थित ईरानी अखडामा, खासगरी हतियार ढुवानी र सामरिक अखडाहरूमा ईजरायलले हवाई हमला गरेको छ । सिरियाको सीमास्थित गोलान डाँडो र साना विद्रोही समुहलाई पनि ईजरायलले सहयोग पु¥याउने गरेको छ । आफ्नो उत्तरी नाकामा ईरानको दबदबा नहोस भन्ने ईजराइलको प्रयत्न हो । ईजरायलसँग २००६ को पछिल्लो लडाईँपछि आफ्नो ताकत बढाएको र इरानको सहयोगले एक लाखको संख्यामा थुपारेको मिसायल शक्तियुक्त हेज्बुल्लाहलाई लेबाननबाट सिरियातिरै धपाउने पनि उसको प्रयास हो ।
जर्मनी : जर्मनीले पनि नेटोमार्फत आईएस् बिरुद्ध हवाई गस्ती र आक्रमण गर्दैआएको छ । जर्मनी सिरियाली शरणार्थीलाई मानवीय सहायता दिने मूख्य साझेदार मुुलुक हो । जर्मनी पनि युरोपमा ठूलठूला आतंककारी आक्रमण गर्दैआएको आईएस्को पराजय र समाप्ति चाहन्छ । राष्ट्रपति असद सत्तामा बहाल रहुन्जेल सिरियामा दिगो शान्ति आउँदैन भन्ने जर्मन अधिकारीहरूको ठहर छ ।
फ्रान्स : फ्रान्सले पहिले त असद विरोधी विद्रोहीहरूलाई औषधोउपचारका सामग्री र हतियार पठायो । २०१५ मा आईएस्ले पेरिसमा आतंककारी हमला गरेपछिचाहिँ सिरियामा हवाई आक्रमण नै ग¥यो । एस्डीएफ् विद्रोही लडाकुहरूलाई सहायता पुग्नेगरी फ्रेन्च सैन्य शक्ति अमेरिकाकै जसरी स्थलशक्तिका रुपमा तैनात छ । असदले रासायनिक हतियार चलाएको विरोधमा फ्रान्सले सिरियाली सत्तालाई कडा चेतावनी दिएको छ । असद सत्ताबाट नहटेसम्म शान्तिवार्ताको औचित्य नहुने फ्रेन्चहरूको मान्यता देखिन्छ ।
राष्ट्रपति असद : राष्ट्रपति बशार हाफेज अल–असद (१९६५–) सिरियामा सत्तारोहण गरे २० वर्षअघि । सेनाबाट १९७१ मा सिरियाको राष्ट्रपति भएका उनका बाबु जनरल हाफेज अल असद २००० सम्म निधनपर्यन्त तीसवर्ष सत्तामा बसे भए । पेशाले चिकित्सक यिनले पनि सेनाको आँखा विशेषज्ञका रुपमा काम गरे । सिरियाली सेनाको सेनापति र अरब समाजवादी बा’आथ पार्टीको सिरिया शाखाको क्षेत्रीय सचिवका रुपमा पनि काम गरे । पिताको लोकप्रियताले यिनलाई राष्ट्रपति बन्न सहज भयो । २०१४ मा भएको निर्वाचनमा यिनले ८९ प्रतिशत भोट पाए ।
१३८ मुलुकमध्ये रक्षाक्षेत्रमा ५५ औँ सामरिक शक्ति राखेको, करिब ३ लाख सक्रिय सेना, स्थल, जल र हवाई तिनै किसिमको सैन्यशक्ति भएको सिरियाको कुल वार्षिक रक्षा बजेट १ अर्ब ८० करोड डलर छ । सिरिया मध्यपूर्वको क्षेत्रीय सैन्यशक्ति हैसियत राखेको मुलुक हो । (समाचार एजेन्सीहरूको सूचना तथा तथ्याङ्कका आधारमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया