अपडेटः प्रधानमन्त्रीको शरीरमा ट्रान्सप्लान्ट गर्न समीक्षाको मिर्गौला निकालियो

काठमाडौं । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि शल्यकृया जारी छ । चिकित्सकहरुले अंगदाता समीक्षा संग्रौलाको शल्यकृया सकिएको छ ।

शल्यकृया गरेर संग्रौलाको देव्रे मिर्गौला निकालिएको छ। उक्त मिर्गौला प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गरिनेछ। अबको डेढ घण्टासम्ममा प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण सकिने अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?