धर्मराज युधिष्ठिरका महान भनाईहरु

काठमाडौं । प्राचीन महाकाव्य महाभारतका अनुसार युधिष्ठिर पाँच पाण्डवहरुका दाजु थिए । उनलाई धर्मराज वा यमराजका पुत्र भनेर पनि चिन्ने गरिन्छ ।

पिता पाण्डु र माता कुन्तीका ज्येष्ठ पुत्र युधिष्ठिर भाला चलाउन माहिर थिए । उनलाई कुनै पनि कुरा झुट नबोल्ने भएको कारण सत्यवादी भनेर चिन्ने गरिन्छ ।

उनले महाभारत युद्धको अन्तिम दिन उनले आफ्ना मामा कौरवको तर्फबाट युद्ध लडेका शल्यको वध गरेका थिए ।

१. पानी सबै चाहन्छन् तर पानी बचाउन कोहि चाहदैनन् ।

२. सबै दूध खान चाहन्छन् तर गाई पाल्न कोहि चादैनन् ।

३. शितल सबैले चाहन्छन् तर रुख रोप्न कोहि चाहदैनन् ।

४. बुहारी सबै चाहन्छन् तर छोरी जन्माउन कोहि चाहदैनन् ।

५. सबै खान चाहन्छन् तर खेत ीगर्न कोहि चाहदैनन् ।

६. मर्नु सबैले पर्दछ, यो शाश्वत सत्य हो तर पनि कोहि मर्न चाहदैनन् ।

७. आफू भित्रको अथाह श्रोत चिने हो भने खुसी किन्नु पर्दैन, खुसी माग्नु पर्दैन र खुसी चोरी गर्नु पर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?