नेपालका चिकित्सकहरू मिर्गौला प्रत्यारोपणमा अब्बल छन् भन्ने प्रमाणित भयोः प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपालका चिकित्सकहरू मिर्गौला प्रत्यारोपणमा अब्बल छन् भन्ने प्रमाणित भएको बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा बुधबार ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि रिमालले यस्तो बताएका हुन् ।
उनले यो सफलताका लागि प्रा डा उत्तमकुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागॉई र डा सुजित पौडेललाई बधाइ दिएका छन् ।
उनले १२ बर्ष अघि सफल मिर्गौला प्रत्यारोपणको अगुवाई गर्ने प्रा डा अनन्त कुमारलाई पनि विशेष धन्यवाद दिएका छन् ।

मिर्गौला प्रत्यारोपण चिकित्सा टीमका प्रमको नीजि चिकित्सक प्राडा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा मिधन श्रेष्ठ, डा रविन नेपाली र डा सन्तोष क्षेत्री लगायत संपूर्ण चिकित्सक टीमलाई पनि रिमालले सामाजिक सञ्जालमार्फत थप सफलताको कामना सहित बधाई ज्ञापन गरेका छन् । अहिले प्रधानमन्त्रीको अवस्था स्थिर रहेको छ भने उनी बोल्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?