ब्राजिलका लिजेण्ड रोनाल्डिन्हो पराग्वेमा पक्राउ

काठमाडौं । ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डिन्हो पराग्वेमा पक्राउ परेका छन् । नक्कली कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार माध्यामहरुले जनाएका छन् ।

रोनाल्डिन्होसँगै उनका भाइ रोबर्टो पनि पक्राउ परेको बताईएको छ । दुवैले पराग्वेको पासपोर्ट बोकेको कारण पक्राउ गरिएको बताईएको छ ।

पक्पराउपछि दुवैलाई रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको गोल डटकमले जनाएको छ । रोनाल्डिन्हो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पराग्वे पुगेको स्थानीय प्रहरीले बताएको छ ।

रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो । सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?