काठमाडौं । हृदयघातका कारण हिजोआज धेरैले ज्यान गुमाउने गरेका छन् । मानिसको जन्म र मृत्युको टुंगो हुँदैन । सानो तिनो दुर्घटनामा मानिसहरुको ज्यान जान्छ, तर एक वृद्धलाई २३ पटक हृदयघात हुदाँपनि बाँच्ने सफल भएका छन् । मृत्यु टर्दैन र बाँच्नै लेखेको रहेछ भने जस्तोसुकै दुर्घटनाबाट मानिस बाँच्छ । यी वृद्धलाई यस्तै भएको छ ।
६० वर्षका वृद्धलाई चार घन्टामा २३ पटक हृदयघात हुँदापनि मरेनन् । ती वृद्ध नातीको साथमा क्रिक्रेट खेल्दै थिए । उनलाई एक्कासी छातीमा समस्या आयो । उनलाई पटक पटक गरी २३ पटक त्यो समस्या आएपनि यस्तो खतरनाक स्थितिबाट बाँच्न सफल भए ।
धेरै समय देखि उनले धुम्रपान गर्दै आएका थिए । उनको छातीमा दुखाई शुरु भएपश्चात अस्पताल पुगेका थिए । ईसीजी गराउँदा हृदयघात भएको पत्ता लागेको थियो । उनको उपचारमा खटिएका विशेषज्ञहरुले चार घन्टामा २३ पटक हार्टअटैक भएर पनि बाँचेको पहिलो पटक देखेको बताएका थिए ।
उनले डाक्टरले दिएको सल्लाह अनुसार दैनिक व्यायाम गर्नुका साथै डाइट चार्ट अनुसार फलो गरेर झन् स्वास्थ्य राम्रो बनाउनुको साथै थप उत्साह बढेको बताएका छन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया