सुन चाँदी तथा बहुमूल्य धातु निक्षेपका रुपमा राख्न सकिने

काठमाडौं । अब पैसा जस्तै सुन चाँदी तथा बहुमूल्य धातुहरु निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा राख्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार एक निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको उक्त व्यवस्था अनुसार ‘क’, ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई लागू हुने गरि व्यवस्था गरिएको हो । साथै ग्राहकहरुले त्यसरी राखेको बहुमूल्य धातुको बारेमा ब्याज समेत पाउने भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत नागरिकहरुले सम्पतीको आर्जन गरेको सुन चाँदी लगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपका रुपमा जम्मा गर्ने व्यवस्था मिलाउने भन्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार क वर्गका वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाई सञ्चालक समितिबाट पारित गराई लागू गर्नुपर्नेछ । यसरी सुन निक्षेप स्वीकार्ने भएमा यस बैंकमा सो निर्णय भएको सात कार्यदिनभित्र जानकारी गराउनु पर्ने व्यवस्था गरेको जनाएको छ ।

त्यस्तै सुन निक्षेपका रुपमा लिँदा निक्षेपकर्ताहरुबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाच गर्ने संयन्त्रको स्थापना गरी कम्तिमा ९९५ फिटनेस को सुनमात्र स्वीकार्य गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/03/2076_77_For_A__B__C_Class-Circular_12-Gold_Deposit_related-new-1.pdf” title=”2076_77_For_A_,_B_&_C_Class–Circular_12-Gold_Deposit_related-new (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?