होलीमा एन आई सी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकहरूले १०० प्रतिशत वा अधिकतम ५,००० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउदै आइरहेका छन् । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५,४०० रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६,००० रुपैयाँसम्मको लाभ ग्राहक महानुभावहरूले लिइरहेका छन् । बैंकले डिजिटल फस्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।

मोबाइल बैंकिङ्ग र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर

प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रुपैयाँसम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १,०००रुपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २,००० रुपैयाँसम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ ।

यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

साथै बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरूले प्रत्येक हप्ता जनही ५०० रुपैयाँ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरूले जनही १,००० रुपैयाँसम्मको नगद उपहार प्राप्त गर्दै आएका छन् । यस बैंकले संचालन गरेका ‘Swipe More, Save More,Ú ‘भाट भटेनी क्यास ब्याक अफर,’ …Valentine’s day अफर,’ ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमान्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरूमा ग्राहक महानुभावहरूको उत्साहजनक सहभागीता रहेको बैंकले जनाएको छ ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दिदैं आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?