ज्योति विकास बैंकको वोनस शेयर सुचिकृत

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको वोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ ।

बैंकका अनुसार ज्योतिको ३९ लाख ५२ हजार ५ सय ४९ दशमलव १२ कित्ता सेयर सुचिकृत भएको जनाएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

शेयर सुचिकृत भएसंगै डिम्याटखातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?