मन्त्रालय पिच्छे फरक धारणा किन आयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाबारे सचेत हुनुपर्ने , तर्सन नहुने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा कोरोनाको विषयमा सार्वजनिक महत्वको विषय दर्ता गराउँदै त्यस्तो बताएका हुन् । उनले प्रस्ताव दर्ता गर्दै नेपालबाट बाहिर जानेबारेमा मन्त्रालय पिच्छे फरक धारणा आएको बताएका छन् । उनले भने– स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबै काम हुनुपर्छ ।

त्यस्तै, उनले नेपालमा केहि पनि भएको छैन भनेर बस्न नहुने बताए । उनले इरानमा जस्तो नेपालमा भएका के हुन्छ गर्ने भन्दै प्रश्न गरे ।

उनले उच्चस्तरीय समन्वय समितिले एकिकृत कार्ययोजना ल्याउनुपर्ने मागसमेत गरे। थापाले संसदमासमेत कोरानका विषयमा समिति गठन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?