भेट्टियो सगरमाथा भन्दा ठूलो उल्कापिण्ड, ठोक्किँदा आउन सक्छ सुनामी

काठमाडौं । अमरिकाको अन्तरिक्ष एजेन्सी नासाले एक विशालकाय उल्का पिण्ड फेला पारेको छ । यो उल्कापिण्ड आकारमा माउण्ट एभरेष्ट (सगरमाथा) भन्दा ठूलो रहेको बताइएको छ ।

वैज्ञानिकहरुले उक्त उल्कापिण्ड धर्तीतिर तेज गतिमा आईरहेको बताएका छन् । यदि यो वायुमण्डलसँग ठोक्कियो भने सुनामीको खतरा हुनसक्दछ ।

किनभने सन् १००८ मा साइबेरियाको वायुमण्डलमा उल्कापिड ठोक्किँदा सुनामी आएको थियो, तर त्यसबेलाको उल्कापिण्डको आकार सानो थियो भने यो उल्कापिण्डको आकार विशाल रहेको वैज्ञानिकहरुले बताएका छन् ।

त्यसबेला उल्का पिण्ड सानो भएकोले नोक्सान पुर्या‘उनु पूर्व आफैँ जलेर नष्ट भएको थियो । नासाका वैज्ञानिकहरुका अनुसार यस पटक यो उल्कापिण्ड धर्तीतिर तेज गतिमा आइरहेको र यसको आकार पनि अत्याधिक ठूलो रहेको बताएका छन् ।

त्यसैले धेरै नोकशान हुने आशंका गरिएको छ । तर गणनाका अनुसार वायुमण्डलसँग ठोक्किँने बेला उल्कापिण्ड धर्तीभन्द्या केहि किलोमिटर टछाढाबाट जाने हुनाले त्यति क्षति नहुने बताइएको छ । यस उकापिण्डको नाम ५२७६८ (१९९८ ओ आर् २) रहेको छ ।

यस उल्का पिण्डलाई नासाले सबैभन्दा पहिला सन् १९९८ मा फेला पारेको थियो । यो उल्का पिण्ड अब आउने महिनामा अर्थात् अप्रिल २९ मा धर्तीको नजिकबाट वायुमण्डलसँग ठोक्किएर जानेछ ।

डक्टर स्टीवन प्राव्दोले यसको बारेमा एक बयान दिँदै उल्का पिण्ड ५२७६८ ले सूर्यको एक चक्कर लगाउन १३ सय ४० दिन लगाउने गरेको बताएका छन् ।

उल्का पिण्ड धर्तीतिर ३१ ह्जार ३ सय १९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आईरहेको छ । खगोलविदका अनुसार यस्तो उल्कापिण्डहरु हरेक १०० सालमा धर्तीसँग ठोक्किने सम्भावना ५० हजार वटा सम्भावना हुन्छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?