काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा फोटो अत्याधिक भाइरल बनिरहेको छ । भाइरल फोटो भारतीय अभिनेता कार्तीक आर्यन र बलिउड चर्चित अभिनेत्री क्यट्रिना कैफको हो ।
फोटोमा आर्यनलेले कार्यक्रममा आफू ढिला उपस्थित भएको स्टेजमै क्यट्रिनाको खुट्टा छोएर माफी मागेका छन् । केहि समय यता चर्चामा रहेका अभिनेता कार्तिक आर्यन चलचित्र लभमा असफल बनेपनि उनको चर्चामा भने खासै कमी आएको देखिँदैन ।
उनको उक्त फिल्म फ्लप भएपनि कार्तिकलाई चलचित्रहरुको अफर आउन भने छोडेका छैनन् ।
व्यस्तताका बाबजुद पनि उनी अवार्ड समारोहदेखि विभिन्न कार्यक्रमहरुमा पुगिरहेका हुन्छन् । त्यस्तै बुधवार उनी आइफाको पत्रकार सम्मेलनमा पुग्ने तय भएको थियो ।
उक्त कार्यक्रममा नायिका क्यट्रिना कैफ पनि उपस्थित थिइन् । कार्यक्रमको निर्धारित समय भन्दा कार्तिक केहि ढिला कार्यक्रममा आईपुगेका थिए ।
कार्तिक पुग्नसाथ उनलाई स्टेजमा बोलाइएको थियो र कार्तिक स्टेजमा जानु अगावै अभिनेती क्यट्रिना स्टेजमा उपीसथत भईसकेकी थिइन् ।
स्टेज पुग्नासाथ कार्तिकले निहुरिएर क्यट्रिनाको खुट्टा छोए र आफू कार्यक्रममा उपस्थित हुन ढिला भएको भन्दै उनीसँग माफी मागेका थिए । स्टेजमै उनले कार्यक्रममा आफू ढिला उपस्थित भएको भन्दै उठ बस पनि गरे ।
आफूले गल्ती गरेको उल्लेख गर्दै कार्तिकले भने, ‘पहिला रणवीर सिंहले सबैको पाउ छोएर माफी माग्नुहुन्थ्यो । आज म ढिला भएको छु । त्यसैले माफी मागेको हुँ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया