१०४ वर्षीय पतिको निधन भएको एक घण्टामै १०० वर्षकी पत्नीको निधन

काठमाडौं । जब कोही आफ्नो व्यक्ति संगै रहँदैन तब बाँच्ने रहर पनि पूरा हुन्छ । त्यस्तै भएको छ भारतको तमिलनाडुस्थित पुदुक्कोट्टई जिल्लामा पनि ।

१०४ वर्षका वेधिवेलको मृत्युको एक घण्टाभित्रै उनकी १०० वर्षकी पत्नीको पनि मृत्यु भएको छ । दुवै जना कुप्पाक्कुडी आदि द्रविड कोलनीमा बस्थे । ७५ वर्षअघि बिहे गरेका उनीहरु अरुको चर्चामा रहिरहन्थे । उनीहरुको स्वास्थ्यको प्रशंसा भइरहन्थ्यो ।

राति वेत्रिवेललाई एक्कासी गम्भीर टाउको दुख्यो । उनलाई नातिले अस्पताल लगे । उनको बाटोमै मृत्यु भयो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरे ।

मृतकको शव नातिले घर ल्याए । पतिको शव देखेर पत्नी पिचायी रुँदारुँदै बेहोश भएर फेरि उठिनन् । उनीहरुका ६ सन्तानका २३ नाति नातिना छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?