भेनेजुयलाका राष्ट्रपतिले देशका महिलालाई भने अब ६ जना बच्चा जन्माउनु

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले एक अचम्मको बयान दिँदै आफ्ना देशका महिलाहरुलाई थोरैमा ६ बच्चा जन्माउन अपिल गरेका छन् ।

उनले हालको वर्षमा आर्थिक संकटसँग जुध्नु परेको र लाखौँ मानिसहरु बिस्थापित भएको भन्दै उनले देशलाई मजबुत बनाउनको लागि यस्तो अपिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मादुरोले जन्मका बिभिन्न नियमहरुको प्रचारप्रसार गर्नका लागि मंगलवार बेलुका एक टेलिभिजनमा प्रसारित कार्यक्रममा उक्त बयान दिएका थिए ।

उनले कार्यक्रममा ईश्वरलाई आफ्नो देशको लागि प्रत्येकलाई ६ जना छोराछोरी जन्माउन सक्ने क्षमताको आशीर्वाद मागेका छन् । जन्माइृदिनुस्, जन्माईदिनुस्, सबै महिलालाई ६ बच्चा जन्माउने शक्ति दिनुहोस्, किनभने देशलाई देशमा आबादीको आवश्यक छ ।

भेनेजुयलाका राष्ट्रपतिको यो बयान मानव अधिकार कर्मीहरुले आलोचना गरेका छन् । किनभने जुन देश पहिल्यैदेखि भोजन, कपडा र स्वास्थ्यको समस्यामा छ त्यो देशले फेरी किन यस्तो गरिरहेको छ ।

युवाहरुका अधिकारको सुरक्षा गर्ने एक समुह सीईसीडिओएपीका संस्थापक अस्कर मिस्लले देशको जनसंख्या बढाउनको लागि महिलाहरुलाई ६ जना बच्चा पाउनका लागि प्रेरित गर्नु राष्ट्रपतिको गैरजिम्मेवारी भएको बताएका छन् ।

किनभने उनले देशका सबै बच्चाको जिन्दगीको ग्यारेन्टी दिन नसक्ने उनको तर्क छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?