एजेन्सी । तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रवार सात जनाको मृत्यु भएको छ ।
हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिवार जानकारी दिए ।
शुक्रवार अबेर आक्रमण भएको बताइएको छ । आक्रमणकारी आक्रमणपछि भागेका थिए ।
आक्रमणमा परी मृत्यु भएकाहरुमध्ये एकजना शिक्षक पनि रहेको हेरात प्रान्तीय सरकारका प्रवक्ता जिलानी फरहादले सिन्ह्वालाई जानकारी दिए ।
घटनाका बारेमा तालिवान लडाकुहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया