काठमाडौं । मानिसहरुले बिभिन्न संकेतको आधारमा आफ्नो दिन शुभ अथवा अशुभ हुन्छ भनेर अनुमान लगाउने गर्दछन् ।
विहान उठ्ने बित्तिकै तपाईको पहिलो नजर दूध वा दहीले भरिएको भाँडोमा परेको खण्डमा शुभ हुने विश्वास गरिन्छ।
विहानको समयमा शंख, घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो ।
यदि कुनै व्यक्तिले विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देख्दछन् भने पनि भविष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुन्छ ।
यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धन सम्बन्धी सबै समस्या हट्ने छ ।
यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो ।
नरिवल, शंख, मयूर, हाँस, फूल आदि चीज–वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत मान्ने गरिन्छ ।
शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ । यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो ।
यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो । यदि गाई सेतो रंगको छ भने झनै शुभको संकेत हुने गर्दछ।
यदि कुनै व्यक्तिले सपनामा सेतो तथा सुनजस्तो सर्प देख्यो भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो ।
यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी (सरसफाई गर्ने व्यक्ति) देखेमा शुभ संकेत हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया