काठमाडौं । इटालीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि र ज्यान गुमाउनेको संख्या वृद्धि भएपछि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ ।
इटलीको लोमबार्डी क्षेत्रसहित देशका १४ प्रान्तका १ करोड ६० लाख मानिसहरूको आवातजावतमा रोक लगाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले अप्रिलको पहिलो सातासम्म यो रोक जारी रहने बताएका छन्।
कोरोनाभाइरसबाट इटाली चीनपछि सबैभन्दा बढी प्रभावित देश हो।
कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा शनिबारसम्म २३० जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १२ सयबाट बढेर पाँच हजार ८ सय ८३ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया