सेञ्चुरी बैंकले बोनस र नगद लाभांस वितरण गर्ने

काठमाडौं, १८ माघ । सेञ्चुरी कर्मसियल बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको कमाईबाट १० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले पाँच प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांस विरण गर्ने प्रस्ताव गरेको हो बैंकले केही समय अघि बिक्री गरेको हकप्रद, अल्पाईन डेभलपमेन्ट र सेति फाइनान्स गाभेपछि कायम चुक्तापूँजको पाँच प्रतिशत बोनस शेयर वितरण गर्न लागेको जनाएको छ बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ हाल बैंकको चुक्तापूँजी ७ अर्ब ६७ करोड छ । बोनस वितरण पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड नाघ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?