काठमाडौं । केहि समयअगाडि भारतका एक व्यक्तिले सुनकै लुगा, सुनकै जुत्ता लगाएको खबरले धेरै चर्चा कमायो । अहिले फेरि एउटा त्यस्तै खबर चर्चामा छ, त्यो पनि सुनकै विषयमा ।
आज हामी तपाईलाई मानिस सुनका लागि कतिसम्म हत्ते गर्न सक्दछन् भन्ने कुरा बताइरहेका छौँ । हो, तपाईले संसारमा एउटै औंठी ८२ किलोबाट बनेको छ भन्दा पत्याउनुहुन्न होला । तर, यो सत्य हो ।
हाम्रो छिमेकी देश चीनको एक कम्पनीले यस्तो औंठी बनाएको छ । अहिले यो औंठी सांघाईमा आयोजना भएको एक विशेष प्रदर्शनीमा राखिएको छ ।
खबरअनुसार संसारकै सबैभन्दा ठूलो भनेर दाबी गरिएको यो औंठी ८२.२ किलो सुनबाट बनेको छ । र, यसमा ९९.९९ प्रतिशत शुद्ध सुन प्रयोग गरिएको छ ।
यति ठूलो औंठीको दाम कति पर्ला ? अहिले बजारमा यो औंठीको बजार भाउ झन्डै ४८ करोड रुपैयाँ रहेको छ ।
त्यसो त ‘गिनिज बुक अफ् वर्ल्ड रेकर्डस्’ पनि यो औंठीलाई प्रमाण दिइसकेको छ । हालसम्म बनेको विश्वकै सबैभन्दा ठूलो औंठी यही हो ।
चीनले यस्तो औंठी बनाउनुअघि युएईले निकै ठूलो औंठी बनाएको थियो । दुबईमा राखिएको उक्त औंठी ६४ किलो सुनबाट तयार पारिएको थियो । तर, अब चीनको यो औंठीले युएईको उक्त रेकर्ड भंग गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया