कुकुरका छाउरा जस्ता आइसक्रीम

काठमाडौं । यी तस्बिरमा तपाईले हुर्किँदै गरेका कुकुरका साना छाउराजस्तै देख्न सक्नुहुन्छ । तर वास्तवमा भने ति तस्बिरमा देखिएका तस्बिर कुकुरका छाउरा होइनन्, देखिएका ति सबै तस्बिर हामीले खाने आइसक्रिम हो ।

अहिले यस प्रकारको आइसक्रिम निकै चर्चित र भाइरल पनि बनिरहेको छ । ताइवानको काओसिउंगस्थित जेसीको आर्ट किचनमा यस्ता अनौठा आकार र डिजाइनका आइसक्रिम पाइन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस्तो आइसक्रिम विशेष तरिकाले बनाइने गरिन्छ । यो बनाउँदा अत्याधिक ध्यान दिनुपर्दछ । नत्र, यसको बनावटमा समस्या आउँछ ।

अहिले सामाजिक सन्जालमा यस्तो आइसक्रिमको तस्बिर सार्वजनिक भएसँगै यसको चर्चा र माग पनि बढेको छ । यो बताइएको छ कि, यस्तो अनौठोखालको आइसिक्रम खाने उपभोक्ताको संख्या पनि अहिले बढेको छ ।

यस्तो आइसक्रिमको मूल्य प्रतिगोटा ४ सयदेखि ७ सय रुपैयाँसम्म पर्ने बताइएको छ । यो विशेष प्रकारको आइसक्रिम तीन वटा फरक स्वादमा पाइन्छ । यसमा मिल्क टी, पिनट तथा चकलेट फ्लेवर रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?