गुगलले यसरी मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अन्तर्राष्ट्रिय नारी दिवस आज हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा सर्च इन्जिन गुगलले डुडल एनिमेटिड भिडियो बनाएर महिलाहरुलाई समर्पित गरेको छ ।

यस भिडियोले नारी शक्ति तथा योगदानलाई दर्शाएको देख्न सकिन्छ । यस पटकको थिम राइजिंग वुमेन्स राइट्ससँग सम्बन्धित रहेको छ । संसारभरिका महिलाहरुलाई समर्पित गर्दै गुगलले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा एक एनिमिटेड भिडियो बनाएको हो ।

भिडियोमा बिभिन्न क्षेत्र र बिभिन्न महिला पुस्ताहरुको बारेमा देखाइएको छ । यो भिडियोले फरक फरक क्षेत्रका महिलाहरुको दिनचर्यालाई दर्शाउँदछ ।

अन्तर्राष्ट्रिय महिला दिवसको शुरवात ८ मार्च सन् १९०९ मा भएको थियो । महिला दिवस संसारका तीन देश डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डमा १९ मार्च सन् १९११ मा पहिलोपटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?