महिलाहरुको सौन्दर्यमा कपालको पनि निकै महत्व हुन्छ । कपालको जरा बलियो बनाउन र चम्किलो बनाउन नियमित तेल लगाउँदा फाइदा हुन्छ कपालमा नियमित तेल लगाउँदा हुने फाइदाहरुः-
- कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । त्यसैले आजैबाट कपालमा तेल लगाउन सुरु गर्नुहोस् ।
- दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ ।
- टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ ।
- सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ ।
- नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ ।
- दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ ।
- यसले कपालको चाँया हटाउन मद्दत गर्छ ।
- सुख्खा कपालका लागि तेल निकै उपयोगी हुन्छ । राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया