काठमाडौं । इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट एकैदिन ११३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार एकैदिन १३३ जनाको मृत्यु भएर ३६६ पुगेको छ ।
इटालीका अघिकारीका अनुसार सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ।
प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको बीबीसीले जनाएको छ ।
त्यसका साथै लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको हो ।
इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन्। ती निर्णय एप्रिल ३ सम्म लागु हुने निर्णय गरेको त्यहाँका सञ्चार माध्ययमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया