दुई यात्रु बससँग ट्रक ठोक्किँदा ३० जनाको मृत्यु

काठमाडौं । युद्धग्रस्त सिरियामा भयानक दुर्घटना भएको छ । एक इन्धन भरिएको ट्यांकर दुई बससँग ठोक्किँदा ३० जनाको मृत्यु भएको हो ।

स्थानीय मिडिाया रिपोर्टका अनुसार दुर्घटना सिरियाको राजधानी दमास्कस स्थित हम्स हाईवेमा रहेको बगदाद पुलको नजिकै भएको हो । दुर्घटनामा परेर धेरैजना गम्भीर घाईते भएको सञ्चारमाध्यममा उल्लेख छ ।

पुलिसले अहिलेसम्म उक्त दुर्घटना कसरी भयो भन्ने बारे कुनै कारण पत्ता पत्ता लगाउन सकेको छैन ।

एजेन्सीको सयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?