करोडौँ तिरेर यहाँ किन गरिँदैछ गाईलाई अंकमाल ?

काठमाडौं । मानिस जनावरसँग खेल्न वा समय बिताउन रुचाउँदछन् । त्यसो त विज्ञानले पनि यसलाई उपयोगी मानेको छ । जनावरसँग समय बिताउँदा मानिसको दिमाग झन् तेजिलो हुने वैज्ञानिकले प्रमाणित गरिसकेका छन् ।

यहि कुरामा मिल्ने गरी अमेरिकामा अहिले एक अभियानै चलेको छ । जुन सुन्दा निकै रोचक लाग्न सक्दछ ।

अमेरिकामा अहिले ‘गाईलाई अंकमाल गरौँ’ भन्ने अभियान चलाइँदैछ । यो अभियानमा सामेल हुनेको संख्या अहिले बढ्दो रूपमा छ । यस्तो अभियान न्युयोर्कको माउन्टेन हाउस फार्मले चलाइरहेको छ ।

तर, गाईसँग अंकमाल गर्न त्यसै पाइँदैन । त्यसका लागि पैसा खर्च गर्नुपर्दछ । निकै मोटो रकम खर्चेर मानिस अहिले गाईसँग अंकमाल गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो अभियानमा सामेल भएर गाईलाई अंकमाल गर्नेले ९० मिनेट समय बिताउन पाउँदछन् । त्यसका लागि उनीहरूले ३ सय डलर तिर्नुपर्छ । आखिर मानिसले यति धेरै पैसा खर्चेर किन गाईसँग अंकमाल गरेका त ?

यो बताइएको छ कि, मानिसले ‘रिल्याक्स’ हुनका लागि यस्तो गरेका छन् । उनीहरूले गाईको हेरचाह र सुरक्षामा मानिसको ध्यान जाओस् भनेर पनि यसो गरेको बताइएको छ ।

धेरैलाई थाहा नहुन सक्छ कि, गाईसँगको अंकमालबाट मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् ।

वैज्ञानिकका अनुसार मानिसको शरीरको तापक्रमभन्दा गाईको तापक्रम निकै बढी हुन्छ । त्यसैगरी, मानिसको मुटुको धड्कन जति तीव्र हुन्छ, त्यो भन्दा निकै बढी गाईको मुटुको धड्कन तीव्र हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?