भारतका यी ठाउँमा कहिल्यै खेलिदैन होली

काठमाडौं । फागु पूर्णिमाका दिन हाम्रो देशमा होली मनाउने चलन रहेको छ । एक अर्कामा खुसीयाली साटेर मनाइने होली आज पहाडी जिल्लाहरुमा र भोली तराईका बिभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

तर हाम्रो छिमेकी देश भरतका बिभिन्न ठाउँमा मनाइदैन । तिनै ठाउँहरुको बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौँ ।

मुन्नार

भारतको मुन्नार शहरमा होली मनाईदैन । यो दक्षिण भारतको एउटा शहर हो ।

रुद्रप्रयाग

उत्तराखण्डको क्वीली, कुरझण र जौन्दली गाउँमा १५० वर्ष यता होली मनाउन छोडिएको छ । रुद्रप्रयाग जिल्लाका यी गाउँहरुमा होली मनाइदैन ।

अन्डमान निकोबार

अन्डमान निकोबारमा पनि होली मनाइदैन । त्यहाँका मानिसहरु होली खेल्दा शरीरमा बिभिन्न रोगहरु हुने कारणले गर्दा उनीहरु कहिल्यै होली खेल्दैनन् ।

महाबलीपुरम

महाबलीपुरम शहर मन्दिरहरुका कारण विश्वभर नै पख्यात छ । तर त्यहाँका मानिसहरु होली खेल्दैनन् । त्यहाँ होलीको दिन पनि साधारण जस्तै हुन्छ ।

बुन्देलखण्ड

बुन्देलखण्डको सागर जिल्लाको हथखोह गाउँमा मानिसहरु कहिल्यै होली खैल्दैनन् । उक्त गाउँमा पहिला देवीले स्वयम दर्शन दिएको स्थानीयहरु बताउँदछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?