अब नेपालभरीको कुनै पनि एटीएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं–एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको ‘एनएमबी डिजाइट सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ उक्त खाता अनुसार हुने एटीएम कार्डले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरुबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर उक्त खाताको बिशेषता रहेको बैंकले जनाएको छ हाल एनएमबि बैंकले ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?