सुडानका प्रधानमन्त्रीलाई लक्षित गरी बम विस्फोट

काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोकलाई लक्षित गरी बम विष्फोट गराइएकोे छ । विष्फोटबाट कसैलाई पनि केहि नभएको त्यहाका सञ्चारमाध्यमले बताएका छन् ।

राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा हाम्दोकको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो।

‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो। तर, धन्य ईश्वर कसैलाई केही भएन,’ प्रधानमन्त्री कार्यालयका निर्देशक अलि बखितले भनेका छन्। प्रधानमन्त्रीलाई अहिले सुरक्षित स्थानमा लगिसकिएको बताइएको छ। घटनाको जिम्मेवारी कसैले लिएको छैन।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?