काठमाडौं । चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइसर (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि भेटिएको छ ।
बंगलादेशमा तीन जनामा कोभिड–१९ को संक्रमण भेटिएको छ । बंगलादेशमा दुई जना पुरुष र एक महिलामा कोरोनाको संक्रमण देखा परेको इपीडीयीमियोलोजी, रोग नियन्त्रण तथा अनुसन्धान संस्थानले जनाएको छ ।
त्यस्तै , माल्दिभ्समा पनि चार जनामा यसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । सान्डीज रिसोर्टका दुई जनामा कोरोनाको संक्रमण भेटिएसँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या चार पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया