काठमाडौं । तपाईले कहिल्यै सोच्नु भएको छ कि अधिकांश विमानहरुको रङ सेतो नै किन हुन्छ ? यदि छैन भने आज हामी तपाईलाई यसबारेमा जानकारी दिदैछौँ ।
यसको पछाडि वैज्ञानिक र आर्थिक दुई कारणहरु रहेका छन् । पहिलो कुरा गर्मीबाट बँच्न । रनवे देखि आकाशसम्म धेरै गर्मी हुने गर्दछ । त्यसैले सूर्यको इन्फ्रारेड किरण सिधै हामीलाई पर्ने हुन्छ ।
त्यसैले सेतो रङले सूर्यको किरणलाई रिफलेफ्ट गरिदिन्छ । त्यसैले विमानमा गर्मी हुन सक्दैन र बाहिरको तापक्रम नियन्त्रित हुन्छ । दोश्रो विमानको बडिमा केहि डेन्ट वा क्रेफ सेतो रंगको कारण सजिलै देख्न सकिन्छ ।
तर अन्य कुनै पनि रङमा यो देखिदैन । सेतो रङको दृष्यता अन्य रङको तुलनामा धेरै हुन्छ । घनघोर अध्यारोमा पनि यो सजिलै देख्न सकिन्छ । त्यसैले सेतो रङ भयो भने बिभिन्न दुर्घटनाबाट पनि बँच्न सकिन्छ ।
त्यस बाहेक धेरै समयसम्म गर्मीमा रहँदा अन्य रङ छिटै खराब हुन्छ तर सेतो रङ भने लामो समयसम्म केहि परिवर्तन हुदैन । त्यसैले पटक पटक गर्नुपर्ने पेन्टबाट पनि छुटकरा मिल्दछ ।
सन् २०११ को ह्युमन वाइल्डलाइफ इन्टररेक्सनमा प्रकाशित रिपोर्टका अनुसार सेतो रङबाट पंक्षीहरु पनि टाढा रहन्छन् ।
सेतो रङको विमान दुर्घटना पनि कम हुने गरेको एक अध्ययनबाट पत्ता लागेको छ । पंक्षीहरु पनि सेतो विमान देख्नासाथ आफै दिशा बदल्ने गरेको एक अध्ययनको निस्कर्ष छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया