ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं । बैकिङ कसुरमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौंको पुरानो बसपार्कमा ३२ तले टावर निर्माणको ठेक्का लिएर निर्माण कार्य गरिरहेका भेटवाललाई पक्राउ गरीएको हो ।

भेटवालले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीबिरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको थियो ।

सात अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवालले ७५ लाख रुपैयाँमा किन ठगी गरे भन्ने स्पष्ट हुन सकेको छैन ।

उनको स्वच्छन्द बिकोई कम्पनी हो । उक्त कम्पनीले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछी पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । कम्पनीले सामाग्री उठाएपछि उनी भारत लागेका थिए ।

उनी नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?