भारतीय राजदूत क्वात्रा र प्रतिनिधिसभाका सभामुख सापकोटाबीच शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि नवनियुत्त भारतीय राजदूत विनयमोहन क्वात्रा र प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाबीच शिष्टाचार भेट भएको छ ।

मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार भेट भएको बताइएको छ । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेलेका अनुसार नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार-सरकार, संसद–संसद र जनता–जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?