काठमाडौं – प्रहरी प्रधान कार्यालयले सार्वजनिक विदाका दिन ५ जना प्रहरी नायव उपरीक्षक डीएसपी को काज सरुवा गरेको छ ।
२६ गते फागुपुर्णिमा होलीको सार्वजनिक विदाको दिन प्रहरी प्रधान कार्यालयले ५ जना डीएसपीको काज सरुवा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्धमा काज सरुवा गरिएको छ । कार्की तिनै हुन् जो हाल पूर्पक्षका लागि कारागारमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालयमा गलत सूचना टिपाएकाे अाराेप लागेकाे थियाे । कार्की प्रहरी उपरिक्षक (एसपी) भूपेन्द्र खत्रीका प्रिय पात्र हुन् । प्रहरी स्रोतका अनुसार खत्रीकै डिजाइनमा यस्तो निर्णय गराइएको हो ।
यस्तै वृत्त बौद्धका प्रमुख रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
त्यसरीनै डीएसपी मदन कुँवरलाई सर्लाही, भरत श्रेष्ठलाई रौतहट र प्रतीकसिंह राठौरलाई सर्लाहीबाट हेडक्वाटर काज सरूवा गरिएको छ ।
विदाको दिन कुनै सरकारी निर्णय हुँदैन । तर नेपाल प्रहरीले अव्यवहारिक र अवैज्ञानिक ढंगले यस्तो निर्णय गरिएको भन्दै आलोचना सुरु भएको छ ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो आलेख छुटाउनुभएको थियो कि ?
प्रहरीको समायोजनले देशकै सुरक्षामा खलल पुग्ने खतरा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया