काठमाडौं । एउटा सामान्य टेबुलको मूल्य कतिसम्म पर्ला ? केही हजार वा धेरैमा केही लाखसम्म पर्ला । तर, होइन, आजहामी तपाईलाई एउटै टेबुलको दाम धेरै लाख वा करोडको मात्रै नभएर अर्बौं रहेको तथ्यका बारेमा जानकारी दिदैछौँ ।
हो, एउटा टेबुलले विश्वकीर्तिमान बनाएको छ । जसको १ अर्ब २६ करोड रुपैयाँ शुरुवाती मूल्यसहित लिलाममा राखिने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् १५६८ मा फ्लोरेन्सको राजगद्दीका उत्तराधिकारी फ्रान्सेस्को डि मेडिसीले एक ठूला आर्टिटेक्टबाट उक्त टेबुल बनाएका थिए । ती आर्किटेक्टको नाम जर्जियो वासारी थियो ।
आखिर किन एउटा टेबुलको दाम नै यति महँगो पर्न गयो होला ? यसको पनि खास कारण छ । उक्त टेबुल ऐतिहासिक थियो वा भनौँ, यो विशेष प्रविधिबाट बनेको थियो ।
जानकारीका अनुसार उक्त टेबुल पिएत्रे ड्युरे नामको एउटा प्रविधिबाट निर्माण गरिएको हो । उक्त टेबुलमा सयौँको संख्यामा पातला तथा बहुमूल्य कलात्मक पत्थरसमेत जडन गरिएको छ । त्यति मात्रै होइन, टेबुल बनाउन सेतो रंगका सिंगमर्मरका टुक्रा पनि पयोग गरिएको छ ।
उक्त ऐनिहासिक टेबुल बनाउन मात्रै १० वर्ष लागेको थियो । र, टेबुल त्यसबेलाको सबैभन्दा महँगो कलात्मक वस्तुका रूपमा लन्डनको इतिहासमा दर्ता छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया