काठमाडौं । विश्वभर फैलिएर कोरोना भाइरसको संक्रमण बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसलाई पनि लागेको छ ।
डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । उनी अहिले घरमै सेल्फ आइसोलेशनमा बसेको बताइएको छ ।
बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया