पाकिस्तानमा हिमपहिरो: ५ जनाको मृत्यु

लोकपथ संवाददाता
0
Shares
Local residents remove debris of a collapsed house following heavy snowfall that triggered an avalanche in Neelum Valley, in Pakistan-administered Kashmir on January 14, 2020. – At least 42 people were killed and 21 wounded after heavy snowfall and rain hit Pakistan-administered Kashmir and the country’s southwest, officials said. (Photo by STR / AFP)

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।

यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ ।

यस हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । यस हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?