काठमाडौं । राप्रपा र राप्रपा संयुत्तबीच आज एकताको घोषणा भएको छ । राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर एकता घोषणा गरिएको हो ।
दई पार्टीबीच एकता घोषणा गर्ने १० बुदे समझदारी भएको थियो । शनिवार भएको उक्त समझदारीसँगै आज एकता घोषणा गरिएको हो ।
एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको छ ।
दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको विषयमा पछि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया