काठमाडौं । पाकिस्तानमा बुधबार एउटा लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । पाकिस्तानी वायुसेनाको ‘एफ–१६’ जेट बुधबार आसन्न सैन्य परेडका लागि अभ्यास गर्ने क्रममा दुर्घटना भएको हो । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै अभ्यास गरिरहेको समयमा उक्त लडाकु विमान दुर्घटना भएको हो ।
पाकिस्तानका राष्ट्रपति अफिफ अल्वीले उक्त दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले मृतक पाइलटको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका छन् ।
समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’ले जनाएअनुसार विङ्ग कमाण्डर नुमन अक्रमको उक्त दुर्घटनामा मृत्यु भएको हो ।
अभ्यासका क्रममा उक्त विमान एक्कासी जमिनमा खस्न पुगेको थियो । पाकिस्तानी वायुसेनाले जनाएअनुसार अमेरिकामा निर्मित उक्त एफ–१६ विमान मार्च २३ मा हुने सैन्य परेडको हिस्सा हुने क्रममा अभ्यासमा थियो । वायुसेनाको मुख्यालयले दुर्घटनाको बारेमा छानविन गर्न आदेश दिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया