कोरोना भाइरस : कुवेतमा दुई साता बिदा, हवाई सेवा बन्द

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को जोखमलाई मध्यनजर गर्दै सरकारले दुई साता बिदा दिएको छ । सरकारले सबै व्यावसायिक हवाई उडानसमेत बन्द गरेको छ ।

भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द हुनेछ ।
कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् ।

बिहीबारबाट लागू हुने गरी कर्मचारीलाई दुई साता घरमै बस्न अपिल गरेको छ । विदा मार्च २६ सम्म दिइएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?