कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ सय नाघ्यो, कुन देशमा कतिको मृत्यु भयो (तथ्यांकसहित)

विश्वको टाउको दुखाइको विषय बनेको कोरोना भाइरसबाट बिहीबार बिहानसम्म विश्वभर ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यो भाइरसको संक्रमण १ लाख २६ हजार ३०० मा देखिएको छ । यस्तै ६८ हजार निको भएर फर्किएका छन् ।
अहिलेसम्म यो भाइरसको संक्रमण १२४ देशमा फैलिसकेको छ ।
भाइरसबाट चीनमा सबैभन्दा बढी ३ हजार १६९ जनाको मृत्यु हुँदा इटालीमा त्यसपछि ८२७ जनाको मृत्यु भएको छ ।
यसैगरी इरानमा ३५४, उत्तर कोरियामा ६६, फ्रान्समा ४८, स्पेनमा ५५ जनाको मृत्यु हुँदा अमेरिकामा पनि ३८ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?