अभिनेत्री आँचल शर्माको विवाह आज

काठमाडौं । अभिनेत्री आँचल शर्मा आज वैवाहिक बन्धनमा बाँधिदै छिन्। आँचलले प्रेमी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।

उनीहरूको वैवाहिक समारोह काठमाडौंस्थित पाँच तारे होटल हायातमा हुँदैछ। विवाहमा आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीलाई आमन्त्रण गरिएको छ।

उनीहरूको विवाह भोज १ चैतमा हुने तय भएको छ। यो भन्दा अगाडि उनीहरूले मेहेन्दी, संगीत समारोहको आयोजना गरेका थिए। आँचल र उदिपले हातमा एक अर्काको नामको मेहेन्दी लगाएका थिए।

गत वर्षदेखि प्रेममा रहेका उनीहरुले फागुन २ मा इन्गेजमेन्ट गरेका थिए । केही दिन अगाडि अभिनेत्री शर्माले साथीहरूलाई ब्याचलर पार्टी समेत दिएकी थिइन्।

‘चलचित्र नाइ नभन्नु ल–४’ बाट डेब्यू गरेकी आँचलले यसअगाडि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइन्।

उनले ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’, ‘दालभात तरकारी’ जस्ता चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?