ज्वाईलाई गधामा राखेर गाउँ घुमाउने अनौठो परम्परा !

काठमाडौं । भारतको महाराष्ट्रस्थित बिड जिल्लामा एउटा अनौठो परम्परा छ । बिड जिल्लको एक गाउँमा ९० वर्ष पुरानो परम्परा अहिले सम्म पनि चलि नै रहेको छ ।

उक्त गाउँमा होलीका दिन ज्वाईलाई गधामा चढाएर घुमाउने चलन रहेको छ । त्यसपछि ज्वाईलाई मन परेको कपडा लगाइदिने अनौठो परम्परा रहेको छ ।

यो अनौठो परम्परा बिड जिल्लाको केज तहसिलस्थित विडा गाउँको हो । त्यहाँका मानिसहरु होलीको दिनमा यस प्रकारको परम्परा मनाउँदै आएका छन् ।

होलीको दिन गाउँमा सबैभन्दा नयाँ ज्वाईलाई छान्ने गरिन्छ । छान्नको लागि तीन दिन अगाडिबाटै शुरु गरिन्छ । त्यसपछि गाउँका सबैले उक्त मानिसलाई कतै भाग्न नपाओस् भनेर उसमाथि कडा नजर राख्दछन् ।

स्थानीयहरुका अनुसार यो परम्परा गाउँका एक प्रतिष्ठित निवासी आनन्द राव देशमुखद्वारा आजभन्दा ९० वर्ष अगाडि शुरु गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?