काठमाडौं । उत्तर कोरियाको यो रहस्यमयी होटलले सबैको ध्यान तान्छ । उत्तर कोरियामा यस्ता धेरै रहस्यहरु छन्, जसका कारण उत्तर कोरियालाई रहस्यमयी देशको सुचीमा राख्ने गरिन्छ ।
अनौठोका साथसाथै रहस्यले भरिएको उक्त होटलको पाचौँ तलामा जान कोहि पनि पाउँदैनन् । यंगाकडो नामको उक्त होटल उत्तर कोरियाको राजधानी प्योंगयांगमा रहेको छ ।
यो साधारण होटल भने होइन, यो उत्तर कोरियाकै सबैभन्दा ठूलो होटल हो । यो होटल ताएडन्ग नदीको बीचमास्थित यांगाक आइल्याण्डमा बनेको छ ।
कुल ४७ तला रहेको यो होटलमा १ हजार वटा कोठाहरु छन् । त्यसमा ४ रेष्टुरेण्ट, एक बाउलिंग एले रएक मसाज पार्लर पनि रहेको छ ।
यो होटलको निर्माण कार्य सन् १९८६मा शुरु भएको थियो र सन् १९९२ मा पुरै निर्माण भईसकेको थियो । यो होटल फ्रान्सको क्यापेनन बर्नाड कन्सट्रक्सन कम्पनीले बनाएको थियो ।
होटल सन् १९९६मा आम मानिसहरुका लागि पहिलो पटक खोलिएको थियो । यो होटलको लिफ्टमा पाचौँ तलाको बटन नै छैन ।
त्यसैले कसैले पनि पाचौँ तलामा जाने हिम्मत गर्दैनन् । पाचौँ तलालाई लिएर उत्तर कोरियाले अत्याधिक कडा नियम बनाएको छ ।
यदि कोहि विदेशी नागरिक पाचौँ तलामा गयो भने त्यो व्यक्ति सधैँका लागि त्यहिँ कैद हुन्छ । होटलको पाचौँ तलामा स-साना कोठाहरु बनाइएको एक अमेरिकी नागरिकले बताएका छन् ।
उक्त सबै कोठामा ताल्चा लगाइएको छ । तर ढोकामा भने अमेरिका बिरोधी र जापान बिरुद्धका पेन्टिङ बनाइएको छ । त्यस बाहेक केहि फोटो भने उत्तर कोरियाका नेता किम जोंग उनका पिता किम जोंग इलका रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया