काठमाडौं- सिंगो विश्वलाई त्राहिमाम पारेको कोरोना भाइरसको महामारी चीनमा सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मीले बिहिबार घोषणा गरेका छन् । बेईजिङ मा पत्रकार सम्मेलनमा भने ‘कोभिड -१९’ को नयाँ घटना घट्दै गइरहेको छ र समग्र महामारीको स्थिति तल्लो तहमा रहेको उनले बताए ।
मीले भने मध्ये चीनको हुबेई प्रान्तको वुहान शहरमा नयाँ घटनाहरुको संख्या एक अंकमा झरेको छ र बुधवार आठवटा घटना मात्र रिपोर्ट गरिएको छ। यसले त्यहाँ माहामारी कम हुँदै गएको देखाउँछ ।
हुबेई बाहिर चिनियाँ मुख्य भूमिमा केवल सात नयाँ घटनाहरू रिपोर्ट गरिएको थियो तर छ वटा विदेशबाट आयात गरिएको थियो। चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै तयार पारेको समाचारमा चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको जनाइएको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन ।
यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।
हालसम्म एक लाख २५ हजारभन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । तयसपछि ईटालीमा क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया