तेल कम्पनीले कर्मचारीलाई ‘ह्यान्ड स्यानिटाइजर डिस्पेनसर’ बनाएपछि…

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वभरि नै फैलिईसकेको छ । त्यसैले धेरै जसो देशहरुले यो खतरनाक भाइरससँग लड्नको लागि गाइडलाइन्स जारी गरिसकेका छन् ।

चीन पछि इटली र ईरानमा कोरोनाका कारण धेरैको ज्यान गएको छ । संसारकै सबैभन्दा चर्चित तेल कम्पनी अहिले विवादमा तानिएको छ ।

साउदी अरामकोले दहरान मुख्यालयमा एक कर्मचारीलाई ह्यान्ड स्यानिटाइजर डिस्पेन्सर लगाइदिएपछि कम्पनी विवादमा आएको हो ।

मास्क लगाएका यी व्यक्ति बिल्डिङ भन्दा बाहिर रहेका स्टाफको नजिक जान्छन् र उनको हात सफा गर्दछन् । यो घटना जब सोसल मिडियामा आयो तब मानिसहरुले साउदी अरामकोबिरुद्ध बिरोध गर्न शुरु गरेका थिए ।

फोटो भाइरल भएपछि अरामकोले कम्पनीले यो कुरा तत्कालै बन्द गरेको जानकारी दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?