काठमाडौं । हामीले महान व्यक्तित्वहरुका महान भनाईहरु सुनिरहेका नै छौँ र हुन्छौँ पनि । तर महान व्यक्तित्वहरुले हाम्रो जीवनमा मेल खाने कुराहरु आफ्नो जीवनमा घटेका, आफूले, भोगेका, देखेका र सुनेका कुराहरुको माध्यमबाट सरल र सबैले बुझ्ने भाषामा बताईदिएका छन् ।
आज हामीले त्यसै सम्बन्धमा महान दार्शनिक कन्फ्युशियसका अनमोल विचारहरुबारे तपाई जानका्री दिदैछौँ ।
१. जब क्रोध आउँदछ, तब त्यसको परिणाममा विचार गर ।
२. विनम्रता नै सबै गुणको ठोस आधार हो ।
३. जीवन धेरै सहज छ तर यसलाई जटिल बनाउन जोड गरिन्छ ।
४. हाम्रो महानता कहिल्यै गिर्नेमा होइन, हरेक पटक गिरेर उठ्नका लागि हो ।
५. हामी तीन प्रकारका तरिकाबाट ज्ञान प्राप्त गर्न सक्दछौँ, हिलो चिन्तन जो सबैभन्दा सही तरिका हो, दोश्रो अनुकरण, जो सबैभन्दा सजिलो तरिका हो रतेश्रो अनुभव जो सबैभन्दा कष्टकारी छ ।
६. लक्ष्यसम्म पुग्न सकिँदैन भन्ने भयो भने आफ्नो लक्ष्यलाई बदल्ने होइन, लक्ष्यसम्म पुग्ने कदमलाई बदल ।
७. कुनै पनि राष्ट्रको शक्ति उसका घरको अखण्डताका निहित हुन्छ ।
८. आफ्नो अज्ञानता थाहा पाउनु नै असल ज्ञान हो ।
९. बिना केहि नसिकी तिमी एउटा किताब पनि खोल्न सक्दैनौ ।
१०. एक श्रेष्ठ व्यक्ति कम बोल्छ तर धेरै गर्दछ ।
११. एउटा शेरभन्दा धेरै एक दमनकारी सरकारसँग डराउ ।
१२. गिर्नेवाला कहिल्यै महानता हुँदैन तर गिरेर उठ्नेवाला महानता कहलिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया