अत्यधिक मदिरा सेवन गर्दा धनुषामा पाँच जनाको मृत्यु

काठमाडौं । अत्याधिक मदिरा सेवनका कारण धनुषामा पाँच जनाको मृत्यु भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीय व्रह्मदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

उनीहरुले घरेलु मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ । सुरुमा अकालमा मृतयु भनिएपनि अनुसन्धान गर्दा मदिरा सेवनकै कारण मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?