अब शेयर कारोवार दैनिक ५ घण्टा हुने

काठमाडौं । धितोपत्र बजारले अब शेयर कारोवारको समय बढाउने भएको छ ।

अहिलेसम्म विहान ११ बजेबाट दिउसो ३ बजेसम्म कारोवार भइरहेको थियो । भने अब १०ः३० बजेबाट ३ः३० सम्म कारोवार हुने नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डले शेयर कारोवारको समय बढाउनु भनी मौखिक जानकारी गराएको तर नेप्सेले त्यसको बारेमा केही दिनपछि मात्र निर्णय गर्ने लोकपथलाई बताएको छ ।

साथै धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ को कारोवार सञ्चालनको उपनियम २ मा कारोवार समय तथा सत्रमा बोर्डलाई जानकारी दिइ आवस्यक्ता अनुसार नेप्सेले हेरफेर गर्न सकिने जनाएको छ ।

बोर्डले मौखिक जानकारी दिएपनि त्यसको लागि नेप्सेको सञ्चालक समितिले पारित गर्नुपर्ने प्रावधान रहेको छ । नेप्सेको सञ्चालक समितिको बैठकले पारित गरेको खण्डमा उक्त नियम लागु हुन सक्ने नेप्सेले जनाएको छ ।

साथै लगानीकर्ताको कारोवारलाई मध्यनजर गर्दै उनीहरुको माग अनुसार सहजता प्रदान गर्नका लागि उक्त नियम लागू गर्न लागिएको नेप्सेको स्रोतले लोकपथलाइ जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?